कहाँ छौ माओबादीका नेताहरु??

अनी कहाँ छन् शहिदहरुले बगाएका रगतका मुल्यहरु???

सुगम सरोबर
माओबादि जनयुद्वका समय एक कमाण्डरको नाम थियो कमरेड बेदान्त।कमरेड बेदान्त अर्थात रोल्पा कोर्चावाङ्का डम्बर बहादुर पुन,जसले १४ वर्षकै कलिलो उमेरमा माबोबदि बनेर राज्यसत्ताको बिरुद्व बन्दुक बोकेका थिए।राज्य संयन्त्रको चरम दमन,अत्याचार र अन्यायको बिरुद्व राज्यसत्ता रुपान्तरणको सपना बोकेर जनयुद्वको आधिहुरिमा हाम फालेका कमरेड वेदान्तले पार्टिका अनेक महत्वपूर्ण जिम्मेवारिहरु निर्वाह गरे।।।
स्थानिय कलाकार,जममिलिसिया हुदै जनमुक्ति सेनाका कमाण्डर बनेका बेदान्त निकै बिद्रोहि स्वभावका थिए।।घर परिवारसंगै जिन्दगिका सबै खुसिहरु त्यागेर युद्वमा हाम फालेका बेदान्तका सपनाहरु भने जनयुद्वभित्रै पुर्णबिराम लाग्यो।।उनि पाल्पामा शहिद भय,त्यतिमात्रै होइन उनले सेनाभित्रै बिबाहको प्रस्ताव गरेकि कमरेड मुना पनि म्याग्दिमा शहिद बन्नु भयो।।।
त्यसपछि खोसियो बेदान्तको परिवारका खुसिहरु….कमाउने उमेरको छोरो माओबादि जनयुद्वमा ढलेपछि वुवाआमा नै मजदुरि गर्न कालापहाड र इट्टाभट्टामा जानुपर्ने वाध्यता सिर्जना भयो।।एकदिन मजदुरि नगर्दा साझबिहानको छाक टार्न मुस्किल वेदान्तको वुवाआमाको अवस्था आज पनि उस्तै छ।।६० वर्ष वढि भैसकेका यि वुवाआमाहरु आज पनि गुण्टाभारि बोकेर इट्टाभट्टा जादै हुनुहुन्छ, उहाँ भन्नुहुन्छ कमाउने उमेरको मेरो छोरा बाचिरहेको भय बुढेसकालको सहारा हुन्थ्यो होला,युद्वकालमा तपाइका छोराहरुका रगतले मुलुक फेरिन्छ भन्थे नेताहरु आयर आज ति नेताहरुको नजर मेरो दुखमा किन पर्दैन होला????
उहाँहरु निकै भक्कानियर रुनु भयो बाटोमै भेट हुदा,उहाँहरुको आखाबाट खसिरहेको आसुले अनेक प्रश्नहरु तेर्साइरहेका थिए माओबादि र माओबादिका नेताहरुप्रति।।मन निकै भक्कानियर आयो,साच्चै कहाँ छन् आज ति हासिहासि बलिदानि गर्ने शहिदहरुका सपनाहरु???
के सत्ता नै अन्तिम लक्ष्य थियो त कमरेडहरु???
के वेदान्तहरुले आजकै दिन देख्नको लागि रगत बगायका थिए???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button