संयुक्त राष्ट्रवादी देशभक्त गठबन्धनको कात्तिक २९ गतेदेखि राजधानीमा विराेध प्रदर्शन हुने

राष्ट्रहित र जनहितका लागि राष्ट्रिय सहमति भए कुनैपनि आन्दोलनकाे औचित्य थिएन । अतः याे आन्दोलन हाम्रो वाध्यता हाे । २०६२/०६३ काे जनआन्दोलन संसद् पुनस्र्थापनाका लागि मात्र थियो । संसद् पुनःस्थापना पश्चात् सात राजनीतिक दलकाे मार्गचित्र असंवैधानिक तरिकाले बदलियाे । परापूर्वकालदेखि चलिआएको वैदिक सनातन हिन्दू अधिराज्यलाई विस्थापित गरियाे । त्यसकाे संरक्षक बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नेतृत्वमा चलिआएको देशमा शाहवंशीय राजसंस्थालाई पनि निषेध गरियाे । शाहवंशीय राजसंस्था लाेकसम्मतिकाे आधारमै चलि आएको हाे । उदाहरणका लागि जनताकाे आन्दोलनमा सहभागी भइ श्रीपेच दाउमा राखी स्व. राष्ट्रपिता श्री ५ त्रिभुवन सरकारले हातेमालाे नगरेका भए प्रजातन्त्र सपनाकाे फल मात्र हुने थियो । तर ०६२/०६३ काे आन्दाेलनले द्वन्द्वरत माआेवादीलाई राष्ट्रिय राजनीतिकाे मुलधारमा ल्याउने सर्तसहित संसद् पुनस्र्थापना गरिएको हाे, जुन आफैँमा असंवैधानिक थियो । तात्कालीन निर्वाचित प्रम देउवाले ताजा जनआदेशमा जान्छु भनी विगठन गरेकाे प्रतिनिधिसभा, जसकाे विरुद्ध गिरिजा, एमालेका माकुने लगायत सर्वाेच्च अदालत जाँदा संसद् पुनस्र्थापना हुँदैन जनआदेश नै जानु भनी गरेकाे निर्णय पनि अटेर गरी राजाद्वारा भएकाे पुनस्र्थापना नै वास्तवमा असंवैधानिक थियो । आँप भनेर रापेकाे पर्याे धतुराे, अब खाउ खुदाे भने झैँ भयाे । राजनितिक पार्टीहरू आफ्नो खुट्टामा नउभिँदा विदेशी प्रभावमा परि दिल्लीमा १२ वुँदे गरेर सत्ता स्वार्थी खेलमा लाग्दा राष्ट्र भड्खालाेमा गएकाे परिस्थिति छ । वेलायति विद्वानले छिमेकी मुलुकमा सत्ता टिकाउन देश सिध्याउनु छ भने धर्म, संस्कृति माथि आक्रमण गर्नुपर्छ भनि चलाएकाे रणनीति आज हामी कहाँ दाेहाेरिएकाे छर्लङ्ग भएकाे छ । ००७ देखि ०७२ सम्म सातआेटा संविधान जारी भए । अब निषेधकाे राजनीति अन्त्य गरौँ । २०४७ काे संविधान, प्रजातान्त्रिक शक्ति, वामपन्थी शक्ति, प्रगतिशील शक्ति, परम्परागत शक्ति र नेपाली जनताको साझा दस्तावेज हाे । अतः यही संविधान पुनर्स्थापनाका लागि संयुक्त राष्ट्रवादी, देशभक्त गठबन्धन गरी कात्तिक २९ गतेदेखि राजधानी केन्द्रित अनिश्चितकालीन विराेध प्रदर्शन हुने भएकाले सम्पूर्ण देशभक्त नागरिक, धार्मिक संघसंस्था, बुद्धिजीवी, पत्रकार, कलाकार, साहित्यकार, वकिल लगायत सबैलाई आह्वान गर्दछौँ ।

वक्ताहरू ः
१. वरिष्ठ पत्रकार प्रेम कैदी
२. वरिष्ठ अधिवक्ता विष्णु भट्टराई
३. वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने
४. वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी
५. डा. प्रेम सिंह बस्न्यात
६. प्रा. डा. सुरेन्द्र केसी
७. डा. विजय मिश्र
८. पूर्वमन्त्री दीपक ज्ञवाली
९. वरिष्ठ समाजसेवी भरतमणी जङ्गम
१०. पूर्वमन्त्री दीनबन्दु अर्याल
११. अन्तर धार्मिक परिषद्का महासचिव केशवप्रसाद चाैलागाईँ
१२. स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष हीरामणी पराजुली
१३. हेम विक्रम सिलवाल
१४. संयाेजक शारदा शाही
१५. गजेन्द्रबहादुर अर्याल
१६. घनश्याम भण्डारी
१७. रामकुमार रिजाल
१८. रघु न्याैपाने लगायतका वक्ताहरूकाे आेजपूर्ण सम्बाेधन हुनेछ ।
स्थान ः माईतीघर मण्डल
समय ः हरेक दिन ठीक १ बजे
प्रचारप्रसार समिति
संयुक्त राष्ट्रवादी, देशभक्त गठबन्धन
२०७८

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button