दुखी रहेको घाउमा मलम लगाउनेहरुको कमी

बिन्दु शर्मा

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ले विश्व जगतलाई आक्रान्त बनाएको छ । सन् २०२० जनवरी देखी चिनको हुवान प्रान्तबाट सुरु भएको कोभिड अहिले विश्वव्यापी शंकट बनेको छ । आफुलाई शक्तिशाली ठान्न्ो विकशित राष्ट्हरु पनि कोभिड महामारीबाट अछुतो रहन सकेनन् । हाम्रो जस्तो विकाशोन्मुख राष्ट्रलाई कोभिड श्राप बनेको छ । विकशित राष्ट्हरुले नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै कोभिड विरुद्धको भ्याक्सिन उत्पादनमा देशको सम्पूर्ण शक्ति खर्चिए भने विकाश उन्मुख राष्ट्हरुले ति देशको आशामा समय खर्चिए । विकशित राष्ट् आफना नागरिकको स्वास्थ्य प्रति चनाखो बने भने विकाशउन्मुख राष्ट् ति विकशित राष्ट्मा बनेको भ्याक्सिनको पर्खाईमा बसे । हिजो चिनको हुवान प्रन्तबाट सुरु भएको कोभिड अहिले चिनमा शून्यप्राय छ भने विकाशउन्मुख देशहरुमा कोभिडको त्रास यथावत छ । नागरिकको स्वास्थ्यको ख्याल गर्दै विभिन्न देशमा निषेधज्ञा तथा लकडाउन गरे । नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै नेपाल सरकारले पनि लकडान तथा निषेधज्ञा जारी ग¥यो । २०७६ चैत्र ११ गते देखी सरकारले कोभिडलाई मध्येनजर गर्दै लकडाउनको सुरुवात गरेको थियो । २०७६ चैत्र ११ देखी सुरु भएको लकडाउन झन्डै ३ महिना कायम रहेको थियो । गरिब मजदुर दैनिक ज्याला मजदुरी गरी परिवार पाल्नेहरुलाई त्यो तिन महिनाको समय साह्रै कष्टकर बनेको थियो । नागरिकले अब त केही सहजता हुन्छ की भन्ने आशा गरेका थिए तर दूर्भाग्य पुनः ०७८ बैशाख १६ गते कोभिडकै कारण सरकारले लकडाउन तथा निषेधज्ञा जारी ग¥यो । अहिले लकडाउन भएको पनि झन्डै दुई महिना हुनथाल्यो । यो समयमा पनि आम नागरिक त्राहित्राहि हुन बाध्य छन् । कतिका अभिभावक , सन्तान ,आफन्तीले कोभिडकै कारण ज्यान गुमाए । आफन्त गुमाएकाहरुको दैनिक जनजीबन अहिले पनि सहज हुन सकिरहेको छैन । मृत्यु हुनेको संख्या केही मात्रा घटेता पनि मृत्युहुने क्रम जारी छ । सरकारले कोभिड विरुद्धको खोप दिन थालि सकेको छ । कोभिडको कहरमा अग्रपंतिमा रहेका स्वास्थ्यकर्मी लगायत सबैलाई दिई सकेको छ भने आम नागरिकले अझै खोप पाउन सकिरहेको अवस्था छैन । विकशित राष्टहरुले अनुदानमा दिएको खोप प्रयाप्त नहुदा नागरिक खोप लगाउनबाट बन्चित भएका छन् । सरकारले नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै सर्वसाधारण जनताको पहुंचमा खोप पू¥याउनु पर्छ । पहिलो खोप लगाएकाले दोस्रो खोप पाएका छैनन् यस तर्फपनि सरकारको ध्यान पुग्न जरुरी छ । झन्डै दुई महिनाको लकडाउन र निषेधज्ञा केही खुकुलो हुदै गएको महसुस नागरिकले गर्न थालेका छन् । संक्रमित र मृत्युको संख्या घट्ने क्रममा छ । नागरिकहरुको दैनिक दिनचार्य केही हदमा सहज हुदैगएको आकलन गर्न सकिन्छ । छिमेकी आफन्तीसँग भेटधाट हुने क्रममा छ । यही सहजता विच नागरिकले आफना दैनिक कामकाज गर्न थालेका छन् । समाजमा मनाईने हाम्रा मौलिक चाडपर्व ,र धार्मिक कार्यहरुमा पनि सामाजिक दुरी कायम राख्दै नागरिकहरु सहभागि हुन क्रममा छ । नेपाल सरकारले भर्चुअल माध्यमबाट गोष्ठी सेमिनारहरुको आयोजना गर्दै आएकोमा अहिले सामाजिक दुरी कायम राख्दै ति त्यस्ता कार्यक्रमहरुको सुरुवात गरेको छ २०७६ चैत्रदेखी नेपालीले भोग्दै आएको लकडाउन २०७८ बैशाख देखी पुनः भोग्नु प¥यो । यही समयमा देशमा आएको अविरल बर्षाका कारण मानबीय तथा भौतिक क्षतिले थप जनजिवन प्रभावित पा¥यो । पहिलो, दोस्रो र तेस्रो लहरमा देखीको कोभिडले मानबीय जीवन अत्याधिक कष्टकर बनेको सर्बविदितै छ । यस समयमा सरकारले नागरिकका निम्ती जति गर्नुपर्ने थियो । त्यो गर्न नसकेको भान आम नागरिकलाई परेको छ । कोभिडले ग्रस्त विरामीले अस्पतालमा उपचार नपाएको , अक्सिजन नपाएको ,बेड नपाएको दृष्य हामी सबैका सामु छलंग छ । आफन्ती बेडमा छट्पटाईरहेको , उपाचार नपाईरहेको दृष्यले जो कोहीको मन भावविह्ल भएर आउथ्यो । समयक्रम अनुसार ति त्यस्ता घटनाहरुमा कमी त आएको छ तर डरत्रास भने यथावत नै छ । सरकारले जति सक्दो चाडो खोपको व्यवस्था मिलाउनमा समय खर्चिनु पर्ने आम नागरिकको माग छ । कोभिडले गाउटोल,छिमेकमा रहेका जुन कुनै उमेर समुहका व्यत्तिलाई अकालमै मृत्युको मुखमा पूरा¥यो । बालबालिका ,युवायुवति बृद्धबृदा कसैलाई कोभिडले छोडेन । कतिलाई मृत्युको मुखमा पूरा¥यो भने कतिले होम आईसोलेसनबाट कोभिडको लडाई जित्न सफल भने कति असफल पनि भए । लकडाउनको अवधिमा एक्लै बस्दाको पिडा सबैले भोग्नु प¥यो । सो समयमा मानिसमा विभिन्न समस्याहरु देखिन थाले । आत्तिने , छट्पटिहुने र निरासापन बढ्न थाल्यो । कोभिड महामारीका कारण कतिले आफना आफन्ती गुमाउनु प«¥यो । एकै परिवारको धेरै सदस्यले एकैपटक ज्यान गुमाएको समाचारले थप पिडा दियो । कोभिड कै कारण मृत्यु भएकाहरुको समयमा अन्त्यष्टी हुन नसक्नु , परिवारका सदस्यहरु अन्त्यष्टीमा सहभागि हुन नपाएकै कारण कतिपय परिवारका सदस्यहरुलाई मानसिक रोग समेत देखापरेको छ । जटिल परिस्थितिमा आएका समाचारले नागरिकलाई अझ बढि त्रसित बनाई मनमा विभिन्न प्रकारका नकारात्मक भावनाहरु प्ौदा हुने गरेको प्रष्ट छ । मानिस सामाजिक प्राणी हो । समाज विना मानिसलाई जिवन निर्वाह गर्न गाह्रो पर्दछ । हालको जटिल अवस्थाले त्यस्तै कुराको संकेत गरेको छ । अहिले मानिस देखी मानिस डराउनुपर्ने अवस्थाका कारण मानिसमा अझबढि नकारात्मक प्रभाव पारेको देख्न सकिन्छ । हालको अवस्थामा हरेक मानिसको साथी मोबाईल, फेसबुक,भिडियो,ईमेल, ईन्टरनेट भएको छ । जसको माध्यबाट भेटधाट,कुराकानी, साटासाट भएका छन् । सामाजिक संजाल मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरुको जानकारी लिन सकिएको छ । यी माध्यमहरुले मानिसलाई एक आपसमा नजिक बनाएको छ । यो महामारीले हरेक व्यक्तिलाई कुनै कुनै रुपमा प्रभाव पारेको देख्न सकिन्छ । सामाजिक संजालका माध्यमबाट मानिस एकआपसमा जोडिएको नर्कान सकिदैन त्यसैले त लकडाउनको सबैभन्दा भरपर्दो साथी सामाजिक संजाल बनेको हो । हरपल मानिसको सोचाई अव के हुन्छ भन्ने मात्र रह¥यो । लकडाउनको अवधिमा एक थरिका नागरिको पिडा भनेको परिवारलाई कसरी बचाउने भन्ने थियो भने अर्कोथरीको पिडा साँझविहानको जोहो कसरी गर्ने भन्ने थियो तर यस विषयमा सरकार लगायतका कसैको ध्यान केन्द्रित हुन सकेन । कोभिड १९का कारण लगाइएको लकडाउनले सम्पूर्ण देशबासी नागरिकहरुलाई पिडा त दियो नै तर दुखी रहेको घाउमा मलम लगाउनेहरुको कमी हुन गयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button