साग मा स्वर्ण पदक बिजेता परियारले भारतीय क्लब अहमदाबादबाट खेल्ने

कन्चन आवाज
२०७७ भाद्र ३१ गते,रोज ०४

नेपाली यू १९ टोलीका फरवार्ड राजेश परियारले भारतीय क्लबबाट खेल्ने भएका छन् ।नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद साग मा स्वर्ण पदक जित्दा टोलीमा रहेका राजेशले भारतको एआरए एफसी अहमदाबादबाट खेल्ने भएका हुन् ।

भारतको ’बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले राजेशलाई अनुबन्ध गरेको हो ।राजेशले मंगलबार सामाजिक संजाल फेसबुकबाट आफु अहमदाबादमा अनुबन्धित भएको जानकारी गराएका छन् ।

राजेशले प्रतियोगिताका लागि बिहीबार भारत प्रस्थान गर्ने बताएका छन् ।एन्फा एकेडेमीका उत्पादन राजेशले गत सिजन न्यूरोड टिम एनआरटिबाट ’ए’ डिभिजन लिग खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button