संयुक्त रास्ट्रवादी देशभक्त गठबन्धन गठन(विज्ञप्तिसहित)

काठमाडौ ।२०७२ को संविधान खारेजीको माग गर्दै संयुक्त रास्ट्रवादी देशभक्त गठवन्धन गठन गरिएको छ ।शारदा शहको नेतृत्वमा गठित गठवन्धनमा राजसस्था र हिन्दुरास्ट्रको पक्षधर विभिन्न राजनैतिक दल तथा संस्थाहरु उक्त गठवन्धनमा आवद्द रहेको गठवन्धनद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रेस विज्ञप्ती
देशकाे बर्तमान राजनीति तथा संविधान २०७२ प्रति असुन्तुष्ट र यश संविधान निषेधकारि र बिभेदकारि भएकाे हुँदा देशकाे इतिहास ,धर्म ,संस्कृति ,रितिरिवाज ,परम्परा ,प्रजातान्त्र ,मानब अधिकार , प्रेश स्वतन्त्रता तथा माैलिक अधिकार र नेपालकाे पहिचान जाेगाई राख्न ,शाहबंशिय राजसंस्था ,हिन्दु अधिराज्य, एकात्मक पुर्ण बिकेन्द्रिकरण सहितकाे स्थानीयलाई स्वाईत्त अधिकार देशकाे बास्तबिक अाबश्यकता हाे ।अहिलेकाे शासन ब्यबस्था चाहे धर्मनिरपेक्षता हाेश ,चाहे संघियता हाेश । नेपाल काे माटाे सुहाउदाे राज्य ब्यबस्था नभएकाे हुनाले हामी बाध्य- कारि परिस्थितिमा विभिन्न संघसंस्था ,धार्मिक संघसंस्था ,बुद्धि- जिबि ,वकिल ,प्रध्यापक ,पत्रकार ,सहित्यकार ,बिध्यार्थी ,शिक्ष–क ,तथा अाम नेपाली दाजुभाई ,दिदिबहिनीहरुलाई एकपटक राष्ट्रिय मुक्ति अान्दाेलनमा सहभागी र सहयोगकाे लागि संयुक्त ,
राष्ट्रबादी ,देशभक्त गठबन्धन गरिएकाे छ ।

यश गठबन्धनकाे नेतृत्व मातृशक्ति श्री शारदा शाहिकाे नेतृत्व- मा बिभिन्न संघसंस्था ,राजनैतिक दल ,धार्मिक संथा ,नागरिक समाज लगाएतका सामाजिक अगुवाहरुलाई गाेलबन्ध हुँन अाह्वान गरिएकाेछ । नेपालकाे परिवर्तनका नामका ठूलाठूला अान्दाेलन पुरुषकाे नेतृत्वमा भएकाे कुरा हामिमाँझ जगजाहेर नै छन् ।अब देश बचाउने बेला अायाे ,मातृशक्तिकाे नेतृत्वमा मुलुक बचाउने अान्दाेलनमा यहि अाँउदाे कार्तिक २९ गतेदेखि राजधानी केन्द्रीत लगाएत देशैभरका प्रमुख शहरहरु तथा जिल्ला सदरमुकामहरुमा पर्दशन शहित बिराेध सभाहुने भएकाे ले सबै नेपाली जन र मनहरुमा सहभागी संगै उक्त अान्दाेलन- लाई अा-अाफ्नाे ठाँउबाट उठि देश बचाउने माहायज्ञलाई सहयाेग गरिदिनुँहुँन हार्दिक अपिल गर्दछाैं ।
अान्दोलन का मागहरु ।
१- २०७२ काे संविधान खारेज गर्न ।
२-शाबंशिय राजसंस्था पुनःस्थापना गर्न ।
३-हिन्दु अधिराज्य काएम गर्न ।
४- स्वदेशमै राजगारिकाे श्रृजणा गर्न ।
५-स्वास्थ्य तथा शिक्षा निशुल्क गर्न ।
६-कृषि तथा अाैधाेगिक क्रान्तिकाे शुरुवात गर्न ।
७-असंलग्न पर्राष्टनिति तथा क्षेत्रिय सुरक्षा काएम गर्न ।
८-शैक्षिक बेरोजगारीकाे अन्त्य गर्न ।
९-राष्ट्रिय एकता काएम गर्न ।
१०- निषेध काे राजनिति अन्त्य गर्न ।
११-स्वराज्य तथा मेलमिलाप काएम गर्न ।
१२-एमसिसि लगाएत अन्ने राष्ट्रघाति सम्झौता खारेज गर्न ।

प्रचारप्रसार समिति ।
संयुक्त राष्ट्रबादी ,देशभक्त गठबन्धन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button