काङ्ग्रेस पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरुको भेला

कञ्चन आवाज
२२ श्रावण २०७८

नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न लागिएको हो ।

एक जना जिल्ला सभापतिले यही साउन २५ गते काठमाडौंमा भेला बोलाइएको जानकारी दिए । ‘भेलामा महाधिवेशन सुनिश्चितताका लागि चाल्ने कदम लगायतका विषयमा छलफल हुन्छ,’ ती नेताले भने ।

अर्का एक जिल्ला सभापतिले भने भेला गर्ने बारे छलफल भइरहेको तर मिति र स्थान भने टुंगो नलागेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button