काङ्ग्रेस वरिष्ठ नेता पौडेल समुहको बैठक केही बेरमा बस्दै,यी बिषयमा छलफल हुने

कञ्चन आवाज
१९ साउन २०७८

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शीर्ष नेताहरूकाे छलफल हुँदैछ ।

प्रकाशमान सिंहको निवास चाक्सीबारीमा दिउँसो २ बजे पौडेल पक्षका नेताहरूको छलफल हुने भएको हो ।

भेलामा पार्टीको महाधिवेशन, क्रियाशील सदस्यता विवाद, सरकारमा सहभागितालगायतका विषयमा छलफल हुने एक नेताले बताए ।

सोमवार महामन्त्री शशांक कोइरालासँगको भेटमा पौडेल पक्षका युवा केन्द्रीय सदस्यहरूले सरकारमा सम्मानजनक सहभागिता हुनुपर्ने नभए सभापति देउवालाई एक्लै सरकार चलाउनु दिनुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button