देउबाले प्रधानमन्त्री को सपथ गरेको १५ दिन भैसक्दा पनि मन्त्रीपरिषदले पाएन पूर्णता

कञ्चन आवाज
१० साउन२०७८

शेरबहादुर देउवाले प्रधानमन्त्रीको शपथ गरेको १३ दिन भइसक्दासमेत मन्त्रीपरिषद बिस्तारबारे अन्याैलता कायमै छ।

सत्तामा गएका कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षबीच सरकारमा सहभागी हुन चाहेनको संख्या धेरै हुँदा मन्त्रिपरिषद बिस्तार प्रभावित भएको हो।

सरकार सहभागी हुनेको नाम टुंगो लगाउन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रलाई हम्मेहम्मे परेको छ।

उता पार्टीको आधिकारिकता विवाद उत्कर्षमा पुगेका कारण जसपाको उपेन्द्र यादव पक्षले पनि आफ्ना तर्फबाट नाम सिफारिस गर्न सकेको छैन।

सरकारका न्युनतम साझा कार्यक्रम तथा सहभागीहरुको नाम टुंगो लगाउन कांग्रेस नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल गठन भए पनि त्यसले काम गर्न सकेको छैन।

मन्त्रिरिषद बिस्तार कहिँले हुन्छ भन्ने प्रश्नमा खड्काले आफूलाई त्यसबारे केही जानकारी नभएको बताए। उनले देश सञ्चारसँग भने, ‘मन्त्रिरिषद् बिस्तारबारे मलाई केही थाहा छैन। म बिहानैदेखि घरमा छु।’

माओवादी केन्द्रका नेता दीनानाथ शर्माले पनि सरकार बिस्तारबारे पार्टीले कुनै निर्णय नगरेको बताए।

‘त्यसबारेमा पार्टीमा छलफल भएको छैन। अध्यक्ष प्रचण्ड त्यसै विषयलाई लिएर तनावमा पर्नुभएको सुनिहाल्नुभयो। अझै एक दुई दिन केही होला जस्तो छैन’, शर्माले भने।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त शनिबार सार्वजनिक रुपमै मन्त्री हुन चाहने सांसदका कारण आफू तनावमा परेको बताएका थिए।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘म यहाँ मन्त्री बन्नेको भीड छिचोलेर आएको छु। मेरो दिमागमा आतंक भइरहेको छ। माओवादीका ४९ जना सांसदलाई नै मन्त्री चाहिएको छ। त्यो संभव छैन।’

सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि देउवाले २९ गत राति शथप ग्रहण गरेका थिए।

आफ्नो प्राथामिकता कोरोना नियन्त्रण र स्वास्थ्य क्षेत्र भएको देउवाले पटक पटक दोहोर्‍याए पनि विभागीय मन्त्रीसमेत चयन गर्न सकेका छैनन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button