सर्वोच्चको फैसलाले तरङ्गित बनेका विपक्षी गठबन्धनको बैठक बस्दै

कञ्चन आवाज
२८ असार २०७८

सर्वोच्च अदालतको फैसलापछि पाँच दलीय विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहितको पाँच दलीय गठबन्धनको बैठक सोमबार साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको हो।

पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपा उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा रहेका छन्।

सोमबार सर्वोच्च अदालतले संसद विघटन बदर गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ।
सर्वोच्चको फैसलासँग विपक्षी गठबन्धन छलफलमा जुट्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button