पञ्चदेवल बिनायकको २ नम्बर वडा कार्यालय तोडफोड

कञ्चन आवाज,अछाम।
८ चैत २०७७

जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा न:२ को वडा कार्यालय हिजो राती तोडफोड भएको छ।

हिजो दिउसो सदा झै कार्यालयमा कामकाज गरेर बेलुका कार्यालय बन्द गरेर आफ्नो कार्यकक्षबाट बाहिर निस्किएको र आज बिहान अफिस पुग्दा कार्यालय तोडफोड गरिएको अवस्थामा देख्दा आफू अचम्मित परेको वडा न:२ का कार्यबाहक वडा अध्यक्ष पदम बहादुर शाहिले बताए

वडा कार्यालयमा लगाइएको ताला फोडेर दराजमा रहेका सामग्रीलाई यत्रतत्र छरपस्ट र उथलपुथल हुने किसिमले फालिएको पनि अध्यक्ष शाहिले बताए।

उक्त तोडफोड कार्य,किन र कसरी गरियो भन्ने विषयमा अनुसन्धान भैरहेको पनि अध्यक्ष शाहिले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button