
एमाले सुदुरपस्चिम इन्चार्ज बाट डा.भिम रावललाई हटाइयो,लेखराज भट्ट चयन
कञ्चन आवाज
२६ फागुन २०७७
नेकपा एमालेको प्रधानमन्त्री केपी शर्मा ओली समूहले सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलको ठाउँमा लेखराज भट्टको नेमप्लेट रोखेको छ। कैलालीको धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बुधबार ओली समूहले लेखराज भट्टको नेमप्लेट राखेको हो।
नेकपा हुँदा ओलीलाई साथ दिएका पूर्वमाओवादी नेता भट्ट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेमा रहने निर्णय पुगेका छन्। तर, उनको जिम्मेवारी के हुने भन्ने केन्द्रले टुंगो नलगाउँदै एमालेका प्रदेश अध्यक्ष कर्ण थापा नेतृत्वको टोलीले भट्टको नामको बोर्ड पार्टी कार्यालयमा रोखेको छ।
भीम रावलको नेमप्लेट तोडफोड गरिएको छ। सोही क्रममा एमालेको दुई समूहबीच झडप समेत भएको थियो। झडपपछि एमाले कार्यालयमा प्रहरी परिचालन गरिएको छ।