अदालतको फैसलाले अनियन्त्रित भए प्रचण्ड,अध्ययन गरेर अनि मात्र बोल्छु

  •       कञ्चन आवाज
  •      २३ फागुन २०७७

काठमाडौँ– सर्वोच्च अदालतले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिएसँग ब्यूँतिएका पूर्व एमाले र माओवादीले के गर्लान् भन्ने अड्कलवाजी तीव्र भइरहेका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको फैसलाबारे अध्ययन गर्न बाँकी रहेकोले अहिले कुनै प्रतिक्रिया नदिने बताएका छन्।

अदालतको फैसलापछि आइतबार  दाहालले भने , ‘सर्वोच्च अदालतले  फैसला गरेको हामीले सुनेका छौँ। त्यसबारे अध्ययन गर्न बाँकी रहेको छ। अध्ययन गरेपछि मात्रै हाम्रो धारणा सार्वजनिक गर्नेछौँ।’

यस्तै अदालतको फैसलाबारे नेता सुरेन्द्र पाण्डेले सोही प्रतिक्रिया दिएका छन्। उनले भने, ‘सर्वोच्चको निर्णय आएको छ भन्ने सुनेको छु। त्यसबारे अध्ययन गर्ने बाँकी नै छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button