बिप्लबले शान्तिपूर्ण राजनितिमा आए भनेर मात्र हुदैन,हतियार पनि बुझाउनु पर्छ:अध्यक्ष थापा

कञ्चन आवाज
२२ फागुन २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विद्रोही पक्ष नेकपा विप्लव समूह शान्ति र स्थायित्व कायम गर्न मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य भएको बताएका छन् । उनले विद्रोही पक्षले शान्तिप्रक्रियामा आएको विश्वास दिलाउन आफूसँग भएका हातहतियार राज्यलाई बुझाउनु पर्ने पनि बताए ।

अध्यक्ष थापाले शान्तिपूर्ण राजनितीमा आएँ भन्दैमा हुँदैन, प्रतिबन्धित भएकाले हतियार बुझाएर शान्तिपुर्ण राजनीतिमा आएको विश्वास दिलाउन सक्नुपर्ने बताए ।

बुटवलमा आजदेखि शुरु भएको साना पार्टी निकट पत्रकारको संगठन मिडिया नेपालको राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष थापाले शान्ति र स्थायित्वका लागि राज्यपक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button