
मन्त्री सुबेदिले समय दिन नसक्दा सुदुरपस्चिम प्रदेश सभाको बैठक स्थगित
कञ्चन आवाज
१७ फागुन २०७७
सुदूरपश्चिम प्रदेश सभाको सोमबार दिउँसो १ बजे बोलाइएको बैठक स्थगित भएको छ।
बैठकमा पेश हुने प्रतिवेदन तयारी नहुँदा सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गर्नु भएको थियो।
प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार प्रदेश सरकारले प्रशिक्षण प्रतिष्ठान प्रतिवेदन प्रदेश सभाबाट पारित गराउने तयारी थियो। जुन प्रतिवेदन तयारीको लागि मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई जिम्मेवारी दिएको सचिव धामीले बताउनु भयो।
तर भौतिक पूर्वाधार मन्त्रीको उपस्थितिमा तयार पार्नुपर्ने सो प्रतिवेदन भौतिक पूर्वाधार मन्त्री पदबाट मुक्त भएको र सामाजिक विकास मन्त्री सुवेदीले समय दिन नसक्दा बैठक स्थगित भएको धामीले जानकारी दिनुभयो।
प्रदेश सभाको अर्को बैठक फागुन १९ गते दिउँसो १ बजे बोलाइएको छ।