प्रधानमन्त्री ओलि विरुद्ध अस्लिल नारा लगाएको आरोपमा काङ्ग्रेस कार्यकर्ता पक्राउ

  • कञ्चन आवाज
  • ४ फागुन २०७७

जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रमुख डीएसपी सुनिल मल्लका अनुसार दुई जनाले अश्लील नारा लगाएको भन्दै ठाडो निवेदन परेपछि नियन्त्रणमा लिइएको थियो । ‘सोधपुछका लागि हो, सोमबारै छाडिसक्यौं’, मल्लले भने ।

प्रकरणबारे ओली पक्षका नेता, कार्यकर्ता र कांग्रेसका कार्यकर्ताबीच इलाका प्रहरी कार्यालय, भिंग्रीमा छलफल भइरहेको छ ।

पक्राउ परेका विद्यार्थी नेता खत्री भने अश्लील गाली नगरिएको बताउँछन् । ‘स्वर्गद्वारी नगरपालिकाको-९ बाट प्रदर्शनमा सहभागी हुन सदरमुकाम आएका थियौं, फर्किने क्रममा गाली गलौज गरेको भन्दै उजुरी परेछ’, उनले  भने ।

कांग्रेसले देशभर आन्दोलनको कार्यक्रम घोषणा गरे अनुरुप सोमबार सदरमुकाममा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन राखिएको थियो । कार्यक्रममा कांग्रेस नेता मिनेन्द्र रिजाल, डा. गोविन्द पोखरेल लगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button