२ पक्ष बिच आरोपप्रत्यारोप चलेपछी काङ्ग्रेस अछामका उपसभापति ढुंगानाले दिए राजिनामा

कञ्चन आवाज
१६ माघ २०७७

देशव्यापी रुपमा नेकपाको आन्तरिक कहल चुलिएको बेला सुदूरपश्चिमको अछाममा नेपाली काँग्रेसभित्रको आन्तरिक कलह चुलिएको छ।

२ पक्षबीच आरोपप्रत्यारोपपछि काँग्रेसका जिल्ला उपसभापति चन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएका छन्।

पार्टी विधि र पद्धति अनुसार नचलेपछि बेथिति मौलाउँदै गएको तर नेतृत्वपंक्तिले नियन्त्रणमा अग्रसरता देखाउनुको साटो आफ्नै पक्षको घाँटी च्याप्ने रणनीतिमा लागेको भन्दै उनले शुक्रबार राजीनामा दिएका हुन्।

तर राजीनामा पत्र बुझाएका ढुंगानाले राजीनामा दिनुको कारण भने खुलाउन मानेका छैनन्। माघ १८ गते राजीनामा दिनुको कारण सार्वजनिक गर्ने बताउँदै उनले विस्तृत कारण खुलाउन नचाहेका हुन्।

अछाम जिल्ला सभापति भरत स्वाँरले पार्टीलाई तथ्यहीन आरोप लगाएर राजीनामा दिएको दाबी गरेका छन्।

सभापति स्वाँरले माघ १४ गते राजीनामा पत्र पेश गरे पनि मिति भने १६ गतेको उल्लेख गरेर जिल्ला समितिमा दर्ता आफैले गरेको बताए। जिल्ला समितिको बैठकबाट तत्कालै स्वीकृत गरिदिन छलफल भएपनि ढुंगानाले आफ्नो राजीनामाबारे पुनर्विचार गर्छन् कि, भनेर ५ दिनपछि निर्णय लिने बताए।

जिल्ला सभापति स्वाँरले उपसभापति ढुंगाना नेकपा ओली समूहमा प्रवेश गर्न थालेको र केही स्थानमा काँग्रेसका उम्मेदवारलाई पराजित गर्ने रणनीतिमा अग्रसरता देखिएको आरोप लगाए।

पछिल्लो समय काँग्रेस अछाममा दोहोरी चल्दै आएको छ। यसैबीच ढुंगानाले पार्टीलाई असहयोग गरेको एक पक्षको भनाइ छ। यहाँसम्म कि, जिल्ला सभापति स्वाँरले उपसभापति ढुंगाना नेकपा ओली समूहमा प्रवेश गर्न थालेको र केही स्थानमा काँग्रेसका उम्मेदवारलाई पराजित गर्ने रणनीतिमा अग्रसरता देखिएको आरोप लगाए।

सभापति स्वाँरका अनुसार केही दिनअघि मंगलसेन नगरपालिका ५ स्थित एक विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा काँग्रेसले ढुंगानाकी श्रीमती मनकला ढुंगानालाई उम्मेदबार बनाएको थियो। तर उनी एकाएक नेकपा ओली समूहको उम्मेदवार बनेपछि विवादको रुप लिएको हो। जसलाई आफुहरुले पार्टीलाई धोखा दिएको महसुस गरेको सभापति स्वाँर बताउँछन्।

तर उपभापति ढुंगानाले विद्यालयको विषय आफ्नो लागि गौण भएको बताउँदै पार्टीको केन्द्रीय कार्यालयको निर्देशन अनुसार जिल्ला समिति नचलेको र उल्टै पाखा लगाउने कार्य भएकोले राजीनामा दिएको खुलाएका छन्।

उनले भने, ‘पार्टीको केन्द्रिय कार्यालयको निर्देशन अनुुसार जिल्ला समिति चल्न सकेको छैन। निर्देशन अनुसार कुनै कार्यक्रम भए मञ्चमा ४ जना बाहेक बस्न नपाइने व्यवस्था छ। तर त्यो पालना गरिएको छैन। आशन ग्रहणको क्रममा मर्यादाक्रम पनि अप्नाइएको छैन। सभापति नभएपछि उपसभापतिले जिम्मेवारी पाउने व्यवस्था भएपनि त्यो पनि छैन। विधि प्रक्रिया अनुसार नचलेपछि आन्दोलनको रुपमा पनि पार्टीको सुधारको लागि मेरो राजीनामा हो।’

पार्टीभित्रको बेथिति नियन्त्रण गर्ने खोज्नेमाथि प्रतिबन्धको राजनीति गर्न खोजिएको पनि ढुंगानाको भनाइ छ।

उनले अगाडि थपे, ‘अछाममा विपी स्मृती भवन निर्माण भएको छ। जसलाई नेकपाले अवैध जग्गामा निर्माण भएको भन्दै हाम्रो पार्टी काँग्रेस विरुद्ध लाग्यो। मैले चाहीँ नेकपाको सो कदमको विरोध गर्न माग गरे। तर नेकपालाई सहयोग गरेको भन्दै उल्टै म माथि नै आशंका गरियो। आफ्नो सम्पत्ति खोज्नु कता हो कता, आफ्नै मान्छेमाथि शंका गरियो।’

त्यस्तै उनले विघटित प्रतिनिधि सभा सदस्य यज्ञ गोगटी सँग मंगलसैनका विकासको लागि छलफल गर्दा उनी सँगै लागेको आरोप लगाएको पनि ढुंगानाको भनाइ छ।

पछिल्लो समय काँग्रेस अछाममा आन्तरिक कलह चुलिएको छ। ढुंगाना सँगै मंगलसेन नगरपालिका वडा वडा नं. २ का सभापति दिलिप बोगटीले पनि राजीनामा दिएको बताइएको छ।दिनेश खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button