प्रधानमन्त्री केपि शर्मा ओलि विरुद्ध सर्बोच्च अदालतमा अवहेलना मुद्दा दर्ता,कारण यस्तो

  • कञ्चन आवाज
  • १३ माघ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ ।

प्रधानमन्त्रीले अदालतको मानहानी गरेको भन्दै अधिवक्ता कुमार शर्मा आचार्यले अदालतमा मुद्दा दायर गरेका हुन् ।

आइतवार नै पेश भए पनि मंगलवार सर्वोच्चले आचार्यको रिट दर्ता गरेको हो । आइतवार ५२२१ नम्बरमा रिट दर्ता भएको निवेदक आचार्यले जानकारी दिए ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई अदालतमा लगेर तमासा गरेको भन्ने ओलीको अभिव्यक्तिले अदालतको अवहेलना गरेको निवेदनको दाबी छ ।

प्रधानमन्त्री ओलीले सोमवार दाङमा आयोजित कार्यक्रममा ओलीले अदालतको अवहेलना हुने केही काम नगरेको बताएका थिए ।

‘एकजना जेष्ठ नागरिक भइसकेको वरिष्ठ अधिवक्ता हुनुहुन्छ । उहाँको सन्दर्भमा मैले के भनेको थिएँ भने यत्रो विघ्न वकिल हुँदा ९४ वर्षको हजुरबा उमेरको व्यक्ति उहाँलाई किन दुःख दिएको भनेको । अदालतको मानहानी गर्‍यो भनेर फेरि मुद्दा हाल्ने ? मानहानी भयो त्यहाँ ? मुद्दा हाल्नुपर्‍या त्यहाँ ?’

सोमवार नेकपाले दाङमा आयोजना गरेको कार्यक्रममा ओलीले भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button