ओलि देश र जनताको बिकासप्रेमी नेता भएको नेकपा का केन्द्रिय कमिटी सदस्य कडायतको भनाइ

कञ्चन आवाज
७ माघ २०७७

नेपाल कम्युनिष्ट पार्टी नेकपा पञ्चदेवल विनायक नगर कमिटीको विस्तारित बैठक विनायकमा सम्पन्न भएको छ ।

आज बाल्लेमाण्डौँमा सो बैठक सम्पन्न भएको हो । जिल्ला कमिटि सदस्य बखत बहादुर कडायतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रिय कमिटि सदस्य भिम कडायत रहनुभएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै नेता कडायतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कामै गर्न नदिएकाले संसद विघटन गर्न बाध्य रहेको  बताउनुभयो । त्यस्तै उहाले बहुदलिय व्यवस्थापछि देशमा विभिन्न पार्टी मिल्ने, फुट्ने गरेको भन्दै जनतालाई नआत्तिन अनुरोध गर्नुभएको छ

।उक्त्त बैठकमा बिगठित प्रतिनिधि सभाका सदस्य तथा नेकपा केन्द्रीय सदस्य यज्ञ बहादुर बोगटी, पदम बहादुर बोहोरा, कटक बहादुर साउद, भिम जनाला, मुना अधिकारी, भिम बहादुर विष्ट, कमल रावल, प्रदेश कमिटि सदस्य चन्द्र बहादुर बोहोरा, लक्ष्मी बोगटी, पदम देवकोटा रहनुभएको थियो । त्यस्तै जिल्ला कमिटि सदस्य डिवि साउद,नन्द बहादुर चलाउने, गंगाराम ढकाल लगायत नेकपामा आस्थावान,शुभेच्छुक,शुभचिन्तकहरुको सहभागीता रहेको थियो ।

जिल्ला कमिटि सदस्य जय बहादुर विष्टको स्वागत मन्तव्यबाट सुरु भएको सो बैठकको सञ्चालन जिल्ला कमिटि सदस्य शेर बहादुर बुढाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button