
सदाका लागि अस्ताए काङ्ग्रेस अछामका नेता धर्मराज देवकोटा
कन्चन आवाज
१ माघ २०७७
नेपाली कांग्रेस अछामका नेता धर्मराज देवकोटाको निधन भएको छ ।
उपचारका लागि काठमाडौ जान लागेका नेता देवकोटा नेपालगन्ज विमानस्थलमा बेहोस भएका नेपालगन्ज मेडिकल कलेजको कोहलपुर स्थित शिक्षण अस्पताल लगिएको थियो ।
कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेस अछामले जनाएको छ ।
देवकोटाको सब यात्रामा सयौं मानिस हरु सहभागी भएका थिए । नेता देवकोटाको पार्थिव शरीर लाई श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको टिकापुर स्थित कार्यालयमा राखीएको थियोे ।
सुदुरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावले देवकोटाको पार्थिव शरीरमा पार्टीको चारतारे झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
श्रद्धाञ्जलीका नेपाली कांग्रेस अछामका नेता देवकोटाको बिहिवार टिकापुर स्थित कर्णाली नदिको सनकट्टी घाटमा अन्त्येष्टि गरिएको छ ।
उनको जन्म २०२० साल असार २१ गते अछामको विनायकमा भएको थियो ।
२०३६ सालको जनमत संग्रहमा सहभागी भएर नेविसंघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी २०५४ सालमा साविकको विनायक गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । उनका आमा, चार छोरा, तीन छोरी र श्रीमती छन ।
नेता देवकोटाको निधनमा नेपाली कांग्रेस अछामका सभापति भरत कुमार स्वारले शोक व्यक्त गरेका छन ।