नेकपा चाल्साद्वारा माघे संक्रान्तिको शुभकामना आदानप्रदान,

  •               भानु ढकाल,अछाम।
  •                   १ माघ २०७७

नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य कटक साउदले अवसरबादिका पछि नलागी केपि ओलि नेत्तृत्वको नेकपामा लाग्न आग्रह गर्नुभएको छ ।

आज माघे संक्रान्तिको अवसर पारी नेकपा चाल्साले गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सो कुरा उल्लेख गर्नुभएको हो ।

साउदले आफुलाइ रास्ट्रबादी हु भन्ने केही अछामका अवसरबादिहरुले पनि विभिन्न भ्रम फैलाइ रहेको बताउनुभयो । आफू पदमा जान नपाएर छटपटिएका हरुले बिरोधकै लागि केपि ओलिको बिरोध गर्ने गरेको पनि उल्लेख गर्नुभयो ।

माघी लगाएतका चाडपर्वहरु आपसी सद्भाव तथा भाइचाराको सम्बन्धलाइ ससक्त बानाउने गरि बिकृती रहित तरिकाले मनाउनु पर्नेमा साउदले जोड दिनुभयो ।

वडा संगठन कमिटिका वरिष्ठ सदस्य नवराज बिकको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य नन्दसिङ्ग चलाउने , ललित ढोली , दुर्गा तिमिल्सैना , मीन बहादुर साउद , योगेन्द्र साउद , निर्प साउद लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button