
परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली प्रस्थान,शनिबार स्वदेश फर्किने कार्यतालिका
- कन्चन आवाज
- १ माघ २०७७
उनी नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुने छन् । बैठक तीन दिनसम्म चल्ने छ ।
भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु पनि गर्ने भनिएको छ । मन्त्रीको भ्रमण टोलीमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव लगायतका अधिकारी पनि रहनेछन् ।
मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किनेछन् ।