Breaking-सुर्य चिन्ह ओलिले खोसे आधीबेरि ल्याउने प्रचण्डको चेतावनी

कञ्चन आवाज
२८ पौष २०७७

अछाम -सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यागेको खुलासा गरेका छन् ‘।

प्रचण्ड-माधव समूहद्वारा गण्डकी प्रदेशमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन नेकपा एमाले र एमाओवादी केन्द्रबीच एकीकरण हुने समयमा ओलीलेनै सबैभन्दा पहिले हस्ताक्षर गरेको र एकीकरण सम्झौतामा ‘जबजलाई सिद्धान्त नमान्ने भनिएको बताए ‘।

पार्टी एकीकरणको अन्तिम समयमा आफुहरुले जबज मान्न नसकिने बताएको र त्यसमा प्रधानमन्त्री ओली जनताको जनवादमा जान तयार रहेको बताए’ ।

त्यससमयमा माधव कुमार नेपालले जबज छाड्नु हुँदैन भन्दै फरक मत राखेको पनि प्रचण्डले खुलाए । प्रचण्डले प्रधानमन्त्री ओलीले सूर्य चिन्ह खोसे नेपालमा आँधीबेरी आउने चेतावनी समेत दिए’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button