नेकपा पार्टी बिभाजित पश्चात् संसद्लिय दलका नेता चयनका लागि निर्वाचन हुँदै,मतपरिणाम पनि आजै आउने

कन्चन आवाज
२१ पौष २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि देशभर विवाद उत्पन्न भएका बेला २ नम्बर प्रदेश संसदीय दलको नेता चयनका लागि निर्वाचन हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता सत्यनारायण मण्डललाई हटाउन यसअघि नै अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

प्रचण्ड–नेपाल पक्षले सांसद शत्रुघन महतोलाई संसदीय दलको नेता बनाउन चाहेका छन् ।

निर्वाचन अन्तर्गत आज २ बजेसम्म मनोनयन दर्ता, २ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, ३–३ः३० बजेसम्म मतदान र ४ बजे नतिजा प्रकाशनको समय निर्धारण गरिएको निर्वाचन संयोजक जगतप्रसाद यादवले बताए ।

दल नेता परिवर्तन गर्न महतोको पक्षमा १९ जना सांसदले हस्ताक्षर गरेका उपनेता रामकुमार यादवले बताए । प्रदेशमा नेकपाका ३२ जना सांसद छन् ।

मंगलवारै बसेको नेकपा प्रदेशसभा दलको बैठकले मण्डल विरुद्धको अविश्वासको प्रस्ताव पारित गरेको थियो । उपनेता रामकुमार यादवको अध्यक्षतामा बसेको दलको बैठकले अविश्वास प्रस्ताव पारित गरेको जनाइएको छ ।

नेकपा विभाजनपछि देशभरमै पहिलोपटक २ नम्बर प्रदेशमा निर्वाचनमार्फत दल नेता चयनको विवाद टुंग्याइँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button