नेकपा नगर संगठन कमिटीको विस्तारित बैठक आज विनायकमा सम्पन्न

कन्चन आवाज
१६ पौस २०७७

नेपाल कम्यूनिष्ट पाटी नेकपा पञ्चदेवल विनायक नगर संगठन कमिटीको विस्तारित बैठक आज पन्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएको छ ।

पन्चदेवल विनायक नगरपालिका नगर कमिटी अध्यक्ष नितेश कुमार रिमालको अध्यक्षतामा भएको बैठमा नेकपा अछामका जिल्ला सचिबालय सदस्य तथा पन्चदेवल विनायक नगर ईन्चार्ज राम बहादुर वि.क. प्रमुख अतिथी रहनुभएकोथियो ।

बैठकमा संविधान सभा सदस्य तथा पूर्व महादिवेशन आयोजक समिती सदस्य जानकी साउँद रावल विशिष्ट अतिथी रहनुभएकोथियो । बैठमा जिल्ला सचिबालय सदस्य भीम विष्ट,रामप्रसाद जैसी,योगेन्द्र बहादुर विष्ट,जिल्ल सचिबालय सदस्य तथा नगर सह ईन्चार्ज प्रेम बहादुर खत्री,अम्मर वि.क.,जिल्ला पार्टी कार्यालय सचिब नमराज न्यौपाने, जिल्ला कमिटी सदस्य नरेन्द्र बोहरा,बखत बहादुर कडायत,तारा कडायत, तिर्थराज ढकाल,महारुप जैसी,उपेन्द्र शाही,जिल्ला सल्लाहकार सदस्य दिपक बहादुर बोगटी,नगर स्थीत जिल्ला कमिटीका सदस्य, नगर तथा वडा कमिटीका सदस्यहरु, अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष हरी बहादुर रावल, नेपाल राष्ट्रिय शिक्षक संगठन अछामका सचिब राम बहादुर शाही लगायतका अतिथीहरु रहनुभएकोथियो ।

बैठकले प्रधानमन्त्रि केपी शर्मा ओलीको असंबधानिक कदमको विरुद्ध संघर्स गर्ने,संघर्सको लागि नगर कमिटी अध्यक्ष नितेश कुमार रिमालको संयोजकत्वमा १५१ सदस्यीय संघर्स समिती गठन, नगरपालिकाको सम्पूर्ण वडाहरुमा पुष १८ गतेदेखी २५ गते सम्म वडा कमिटीको बैठक गरिसक्ने लगायतका निर्णय गरेको छ ।

बैठकमा सहभागी नेकपाका अधिकांस नेताहरुले पन्चदेवल विनायक नगरपालिकामा पार्टीको कुनै गुट–उपगुट नभएको र सम्पूर्ण नेता कार्यकर्ता प्रचन्ड–नेपाल पक्षमा रहेको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button