
प्रदेश न:२ का मुख्यमन्त्रीको फेसबुक पेज ह्याक ,कभर तस्बिर समेत परिबर्तन-कन्चन आवाज
- कन्चन आवाज
- २०७७ मङ्सिर १९ गते,रोज ०६
काठमाडौं । प्रदेश –२ का मुख्यमन्त्री लालबाबु राउत र उहाँको सञ्चार सचिवालयको फेसबुक पेज ह्याक भएको छ । उहाँका फेसबुक पेज ह्याक गरी चिनियाँ जस्ती देखिने एक युवतीको प्रोफाइल पिक्चर राखिएको छ ।
साथै, फेसबुकको कभर तस्बिरसमेत परिवर्तन गरिएको छ । धरान लाकेसनमा रहेर आज बिहान ९ बजेतिर पेजहरु ह्याक भएको देखिए पनि कसले– कुन प्रयोजनका लागि गर्यो भन्ने खुल्न नसकेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री राउतले ‘सिएम लालबाबु राउत’ तथा उनको कार्यालयले ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेज चलाउँदै आएको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।