सचिबालय बैठकमा आफू हरु असफल भएको भन्दै महासचिव पौडेल ले भने “सामुहिक राजिनामा दिउ”-कन्चन आवाज

  • कन्चन आवाज
  • २०७७ मङ्सिर ०३ गते,रोज ०४

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत असन्तुष्ट समूहले बोलाएको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधर पौडेललगायतका नेताहरु अन्तिम समयमा मात्र सहभागी भएका थिए।

‘हामीले सरकार पनि चलाउन सकेनौँ। पार्टी पनि चलाउन सकेनौँ। यसरी चलाउनुभन्दा सामूहिक राजिनामा दिउँ। नयाँ पुस्तालाई हस्तान्तरण गरौँ’, बैठकमा पौडेलले गरेको प्रस्ताव उद्धृत गर्दै एक सहभागीले बताए।

प्रचण्डलगायत असन्तुष्ट पक्षका बहुमत सचिवालय सदस्यहरुको प्रस्तावमा बुधबार बालुवाटारमा बसेको संक्षिप्त बैठक प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा १० दिनका लागि स्थगित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button