
जटिल मोडमा नेकपा बिबाद,आफू निकट नेताहरु बोलाएर प्रचण्ड ले दिए यस्तो परामर्श-कन्चन आवाज
मंगलवार अपराह्न स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल लगायतका नेताहरूलाई प्रचण्डले खुमलटार बोलाएका हुन् ।
‘ओली पक्ष सचिवालय बैठकमा आए कसरी अघि बढ्ने र नआए बैठकलाई कसरी अघि बढाउने भनेर हामीसँग सल्लाह सुझाव माग्नुभएको थियो,’ प्रचण्डलाई भेट्न पुगेका एक स्थायी कमिटी सदस्यले भने ।
मंगलवार बिहानै महासचिव विष्णु पौडेल पनि खुमलटार पुगेका थिए । पार्टीभित्रको विवाद समाधानका निम्ति पौडेलले दुवै अध्यक्षसँग परामर्श गर्दै आइरहेका छन् ।
भोलिका लागि निर्धारण गरिएको बैठक कुनै हालतमा पनि बस्ने र राजनीतिक प्रस्तावका बारेमा बैठकमै छलफल गर्ने अडान प्रचण्डले पौडेलसमक्ष राखेका थिए ।
गत शुक्रवार बसेको बैठकमा प्रचण्डले दर्जन बढी आरोपका साथ राजनीतिक प्रस्ताव पेश गरेका थिए ।
ओली पक्षले त्यो फिर्ता नभएसम्म बैठक बस्न नसकिने टिप्पणी गरेको छ ।
पार्टीभित्र देखिएको विवादका कारण प्रधानमन्त्री ओलीको नेपाल-चीन सीमा निरीक्षण कार्यक्रम पनि स्थगित गरिएको छ ।
यही मंसिर ५ गते प्रधानमन्त्री ओली ताप्लेजुङ जाने कार्यक्रम निर्धारण गरिएको थियो ।
यतिबेला प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्डनिवास खुमलटारमा नेताहरूको बाक्लो आउजाउ छ ।
दुवै पक्षले सचिवालय बैठक बस्नुअघि आ-आफ्ना रणनीति बनाइरहेका छन् ।