
वाक नेपालको सेवा बिस्तार अछाम बाट हुदै,,
- कन्चन आवाज
- २०७७ मङ्सिर ११ गते,रोज ०५
समृद्ध समाज निर्माणमा वाक नेपाल तथा साझेदार संस्थाले थप परियोजना पुर्वी अछाममा विस्तार गर्ने भएको छ ।
समाज रुपान्त्रणका लागी स्वास्थ्य र दिर्घ जीवन,सचेत नागरिक,सामाजिक न्यायका साथै स्वावलम्बी समाज निर्माणमा जिल्लाको साँफेबगरबाट बिगत २४ बर्ष देखी सेवा दिँदै आएको वाक नेपालले पञ्चदेवल विनायक नगरपालिका संग समन्वयका साथ बिभिन्न योजना सन्चालन गर्ने भएको छ ।
उक्त संस्थाको परियोजना अन्र्तगत नगरपालिका स्तरिय परियोजना परिचयात्मक बैठक पञ्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएको छ ।
वाक नेपाल अछाम जिल्ला कार्य समिति उपाध्यक्ष बल बहादुर के.सी को अध्यक्षतामा सम्पन्न भएको बैठकमा पञ्चदेवल नगर उप प्रमुख अम्विका चलाउने प्रमुख अतिथी रहनु भएको थियो ।प्रमुख अतिथी चलाउनेले सााजिक न्यायका लागी बिभिन्न परियोजना सन्चालन गर्ने वाक नेपाल तथा अन्य साझेदार संस्थालाई स्वागतका साथ धन्यवाद दिएकि छन ।
नगरपालिका संग पनि सामाजिक न्यायका लागी थुर्पै कार्यक्रम भएको जानकारी गराउँदै उनले सबै वडामा सेवा पुग्ने गरि फरक फरक वडामा रहि कार्यक्रम सन्चालन गर्न आग्रह गर्नुभयो ।नगरपालिका संग पनि प्राय विभिन्न संघ संस्थाका कार्यक्रमहरु मिल्ने भएकाले सुविधा सम्पन्न ठाउँका पिडीत नागरिकहरु मात्रै बढि सेवा पाउने र दुर दराजका उत्पीडन नागरिक थप पिडित हुने देखिएकाले समन्वय सहकार्य निरन्तर नगरेको प्रती वाक नेपाल अछामलाई उहाले गुनासो समेत गर्नुभयो ।
महिला तथा बालवालिका लक्षित कार्यक्रमलाई बढी जोड दिएर आगामी दिनमा समाज रुपान्त्रणका अन्य कार्य योजना सहि तथा पारदर्सी ढंगबाट संन्चालन गर्ने अपेक्षा नगर उप प्रमुख अम्विका चलाउनेको छ ।