रामारोसन का बाढी पीडितका लागि आज एकैदिन भारतमा ३ लाख बढी सयोग सड्ढलन

सुनिल अधिकारी,अछाम।
२०७७ भाद्र ३० गते,रोज ०३

प्रवासी नेपाली संघ भारतका महासचिव डम्बर रावलको नेतृत्वमा भारतमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुले अछामको रामारोशनका बाढी पिडितहरुको लागि भारतमा सहयोग रकम संकलन गरेका छन।

पिडित परिवार को साथमा हामी पनि छौ भन्ने उद्देश का साथ रु ३४४१२० (तीन लाख चवालिस हजार एकसय बिस रुपैयाँ) राहत हस्तान्तरण गरिएको हो ।

भारतमा मजदुरी गरेर कमाएको आफ्नो पसिनाको फललाइ कटाएर स्वदेशमा पिडामा रहेका रामारोशनवासी लाई सहयोग गर्नुभएकोमा सम्पुर्ण प्रवासी दाजुभाइ दिदिबहिनीहरुलाइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अछामले धन्यवाद ज्ञापन समेत गरेको छ।

बिशेषगरि यस अभियानको नेतृत्व गर्नुहुने प्रवासि नेपाली संघ भारतका महासचिव डम्बर रावल लगायत। अन्य पदाधिकारी, नेपाली जनसम्पर्क समितिका साथिहरु र अछाममा संयोजन गर्नुहुने कमरेड वि.एस ओडलाइ पनि नेपाल कम्युनिस्ट पार्टी अछाम ले कृतज्ञता प्रकट गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button