डोटि प्रयोगशाला मा भएको परिक्षणमा अछामका ११ जनामा कोरोना पुष्टि

कन्चन आवाज

२०७७ भाद्र २१ गते,रोज ०१

डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ। १०१ जनाको कोरोना परीक्षण भएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले ७ पुरुष र ४ महिलामा कोरोना भाइरसको संक्रमण देखिएको बताए। उनका अनुसार अछामको तुर्माखाँद गाउँपालिकाका ११ जनामा कोरोना पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button