चितवनमा पलाज्मा थेरापी बाट उपचार गराएकी कोरोना संक्रमीत महिलाको मृत्यु

  • कन्चन आवाज

चितवन -मकवानपुर हेटौंडाका एक कोरोना संक्रमित महिलाको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचारत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ कि ५२ बर्षीषा महिलाको मृत्यु भएको हो ।

निमोनिया भएर भदौ १० गते अस्पताल भर्ना भएकी उनमा ११ गते कोरोना संक्रमण १९ पुष्टि भएको थियो ।अस्पतालको आईसीयूमा उपचारको क्रममा उनको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।

मृतक महिलाको अवस्था गम्भीर भएपछि बिहीबार राति डा.शितल अधिकारी र डा.दयाराम लम्सालको टिमले प्लाज्मा थेरापी बिधिबाट उपचार सुरु गरेको थियो ।

चितवनमा कोरोनाबाट हालसम्म २१ जनाको मृत्युु भइसकेको छ । मृतक चितवनका ११ जना छन् भने बाँकी अन्य जिल्लाका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button