अछाममा आज हसिया प्रहार गरि श्रीमती को हत्या,अनुसन्धान हुदै

सुनिल अधिकारी ,अछाम।
२०७७ भाद्र १७ गते,रोज ०४
साँफेबगर नगरपालिका वडा नं.१३ बाब्लामा आज हँसिया प्रहार गरी श्रीमतिको हत्या गरिएको छ । बाब्लाका वर्ष ५२ का दिपक कुँवरले ४६ वर्षीया श्रीमतिलाई घरायसी विवादका कारण गोठालो गएका वेला हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभएको छ ।

हसिया प्रहार गरी श्रीमतिको हत्या गर्ने कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घट्नाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले कन्चन आवाजलाई  जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button