पन्चदेवल बिनायक घर भएका पशु प्राबिधिक ढकालले गरे कोरोना बाट मुक्त गराइदिन सरकारलाइ हारगुहार-कन्चन आवाज

कन्चन आवाज
२०७७ भाद्र २ गते,रोज ३

म वरिष्ठ पशुस्वास्थ्य प्राविधिक, ४७ वर्षको भएँ। मेरो घर अछाम, पञ्चदेवल विनायक नगरपालिका १ ढकाल गाउँ पर्छ। केन्द्रीय पशुचिकात्सालय त्रिपुरेश्वरमा काम गर्छु । २७ वर्ष भयो जागिर खाएको । गएको साउन २७ गते स्वाव संकलन भयो।

२९ गते कोरोना पोजिटिभ आयो। मसहित कार्यालयका ५ जनालाई कोरोना संक्रमण पुष्टि भयो। अरु सर तथा साथीहरु होम क्वारेन्टाइनमा बसेका छन् अहिले म पनि आइसोलेशनमा बसेको छु।

कार्यालयको कम्पाउण्डमा गाडी पार्किङ गर्ने ठाउँमा छुट्टै बसेको छु। अँध्यारो सानो कोठा छ बत्ति छैन। अध्याँरो कोठामा सुतेको छु। मलाई कोरोनाको लक्षण पनि देखिएको छ।

सास फेर्न गाह्रो हुन्छ, छाती दुखिरहेको छ। टाउको दुख्छ, मेरुदण्डको पूरै भाग दुख्छ। १ सय १ देखि १ सय २ डिग्रीसम्म ज्वरो पुग्ने गरेको छ । आधा घण्टा एक घण्टासम्म हनहनी ज्वरो आउँछ।

खान मन केही पनि लाग्दैन। बेसार, अदुवा, टिमुर, नुन, लसुन अनि गुर्जाेको रस र बोजो सेवन गरेर बसेको छु।

भात देख्यो भने वाक्क लाग्छ। रोटी देख्यो भने पनि वाक्कै लाग्छ मलाई। दिनमा १० लिटर पानी खान्छु। यसैले म बाँचिरहेको छु अहिले । हिजो दिनभरीमा एक दाना स्याउ खाएँ।

अहिलेसम्म कसैले केही सहयोग छैन। राज्यले अलि सहयोग गरिदिए हुनेथियो। आइसीयूमा पनि हामीले पैसा तिर्नुपर्ने हो भने त मसँग पैसा नै छैन। असार १२ गते तलब खाएको हो त्यसपछि पैसा नै छैन।

साउनको तलबको अख्तियारी नै आएको छैन। मलाई डर के भने आईसीयूमा जानुप¥यो र रकम बुझाउनुप¥यो भने मलाई गाह्रो हुन्छ। सरकारले सहयोग गरे दुईचार दिन म आइसीयूमा बस्थेँ र स्लाइन चढाउँथे।

मेरो परिवारमा श्रीमती र ३ सन्तान छन्। त्रिपुेश्वर कम्पेक्स, पशुस्वास्थ्य निर्देशनालयको खाली भागमा हामीले छाप्रो हालेर बसेका छौँ।

उपचार पाएँ मलाई राम्रो हुन्थो कि भन्ने लागेको छ। जोर्नीहरु सुन्निएर साह्रै दुखेको छ। केही साथीहरुसँग अस्पतालको बेड मिलाईदिन कुरा पनि गरेको छु तर अहिलेसम्म अस्पताल जान सकेको छैन। मैले कसरी उपचार पाउँछु होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button