कसैले सहयोग नगरेपछि आफैले उनले शवलाई ठेलामा राखेर मसानघाट लगिन-कोरोना कहर

२०७७ साउन ४,रोज ०१

एजेन्सी:-भारतको कर्नाटकमा भएको एउटा घटनाको भिडियो भाइरल बनेको छ। कर्नाटकको बेलगाम जिल्लामा एक महिला ठेलामा श्रीमानको शवलाई बोकेर अन्तिम संस्कारको लागि जाँदैगरेको भिडियो भाइरल बनेको हो।

कोरोना भाइरसको त्रासका कारण श्रीमानको मृत्युपछि उनलाई कसैले शवलाई घाटसम्म लग्न सहयोग गरेनन्। आफ्ना दुई छोरालाई साथमा लिएर ती महिला लोग्नेको शवलाई ठेलामा बोकेर अन्तिम संस्कारको लागि गएकी भारतीय सञ्चारमाध्यमले जनाएको छ।

स्थानीयबासिन्दाले बताएअनुसार ती महिलाको परिवारमा आर्थिक समस्या छ। एम्बुलेन्समा लैजानको लागि पैसा नभएका कारण उनले त्यसरी ठेलामा राखेर लगेकी हुन्।

ती महिलाका ५५ वर्षीय श्रीमान् सदाशिव हिरत्तीको घरमै ज्यान गएको हो। मुटु सम्बन्धी बिमारीका कारण उनको ज्यान गएको बताइएको छ। -ऐजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button