संयुक्त रास्ट्रबादी गठबन्धनद्वारा संचालित आन्दोलनलाई स्वतन्त्र नागरिक समाजले निरन्तरता दिने

मंसिर ६,काठमाडौ ।संयुक्त देशभक्त रास्ट्रबादी गठबन्धनले कात्तिक २९गते देखि नियमितरुपमा गर्दै आएको बिरोध सभा आगामी दिनमा स्वतन्त्र नागरिक समाजको आयोजनामा हुने भएको छ। समाजका संयोजक हेमबिक्रम सिलवालले एक सुचना जारी गर्दै उक्त जानकारी दिएका हुन ।कार्यक्रम स्थल र आन्दोलनको स्वरुप भने यथावत नै रहने जारी सुचनामा उल्लेख छ।
अत्यन्त जरूरी सुचना
कार्तिक २९ गते देखि निरन्तर हुँदै आएको विरोधसभा संयुक्त राष्ट्रवादी देशभक्त गठबन्धनको व्यानरमा हुँदै आएको थियो । मंशीर ६ गतेदेखि अनिश्चित कालीन विरोध प्रदर्शन स्वतन्त्र नागरिक समाजको व्यानरमा संचालित हुने व्यहोरा जानकारी गराउँदछौं । बुद्धिजीवि ‘ पत्रकार ‘ साहित्यकार ‘ धार्मिक संघ संस्था ‘ समाजसेवि ‘ आम नेपाली दाजुभाई दिदीबहिनीहरूलाई दिनको १ बजे माईतिघर मण्डलामा हुने विरोध कार्यक्रममा सहभागी हुन हार्दिक आह्वान गर्दछौं ।

संयोजक
हेम विक्रम सिलवाल
स्वतन्त्र नागरिक समाज
पीपलबोट, पाटन ढोका ‘ ललितपुर ।
9843589941

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button