विनायक नगरपालिकाका ग्रामीण सडक महिनौ बित्दा समेत अझै सञ्चालनमा आउन सकेन

  •         सुनिल अधिकारी,अछाम।
  •             २३कार्तिक २०७८

अछाम-जिल्लाको पञ्चदेवल विनायक नगरपालिका भित्रका ग्रामीण सडक बर्षात याम सकिएको लामो समय बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेका छैनन।

असोज को तेस्रो साता तिर परेको अबिरल बर्षा सङ्गै खसेको पहिरोले अछाम सहित देशका विभिन्न ठाउमा ठुलो क्षती गराएको थियो।

यसै अनुसार यसको प्रत्यक्ष असर पञ्चदेवल विनायक नगरपालिकाले पनि बेहोर्नु परेको छ।

अविरल बर्षा सङ्गै खसेको पहिरोले नगर क्षेत्रका ग्रामीण भेगका सडकमा कतै चिरा परेर पानीको खोल्छी अर्थात नाला बनेको छ भने कतै रुख ढलेर सामान ढुवानी गर्न निकै असहज अवस्था सिर्जना भएको छ।

यस्तो विकराल समस्याले नागरिक लाई दुख दिन थालेको महिनौ दिन बित्नै लाग्दा पञ्चदेवल नगर सरकार भने सडक मर्मत र पहिरोमा परेका रुख लाई ब्यवस्थापन गरि सडक खुलाउने प्रयासमा नलाग्नु दुखद कुरा भएको स्थानीय बासिको धारणा रहेको छ।

यसरी लामो समय सम्म सडक मर्मत र सञ्चालन नहुदा नगर भित्रका वडा न: ६ ,७,८,र ९ का स्थानीय बासिन्दालाई सबै भन्दा बढी समस्या हुने गरेको छ।दैनिक उपभोग्य सामान को आपूर्ति गर्न नसक्दा महङ्गिले सिमा पार गरेको छ भने अर्कोतिर उपभोक्ता ले म्याद गुज्रिएका र न्यून गुणस्तरका सामग्री उपभोग गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ।

यसैबीच,बर्षातको समय देखि अहिलेसम्म सञ्चालनमा आउन नसकेका ग्रामीण सडक हरुमा नगरपालिका देखि वडा न:१ को लाम्पाटा हुँदै नादी जोडने सडक,लिति देखि वडा न:२ को मस्टेमाण्डौ हुँदै स्थानीय नामले परिचित कालापानी जोडने सडक, पञ्चदेवल मन्दिर को जिरो पोइन्ट देखि नया इलाका प्रशासन कार्यालय को सडक,वडा न:३ को सात्दोबाटो देखि अधिकारी गाउँ हुँदै सिम्ला चोर पानी बन सम्म जोड्ने सडक,वडा न:४ को टिद रुख बजार भित्रबाट जाने सडक,वडा न:५ को लयाटी सडक खण्ड अन्तर्गत तालागाड सम्मको सडक रहेका छ्न।

बिगत लामो समय देखि सडक अबरुद्ध हुदा र जिम्मेवार पक्षले ध्यान नदिदा पहिले सडकको लागि जग्गा दिएका जमिन दार हरुले बिच रोडमै गहु लगाएत अन्य बालिनाली लगाएर बारबन्देज गरि आफ्नो जग्गालाई उपभोग गरिरहेका छ्न।

यसरी जग्गा दाताको मनोमानी र जिम्मेवार पक्ष पञ्चदेवल विनायक नगरपालिकाको ढिलासुस्तीले गर्दा सामान ढुवानी गर्न र बाइक यात्रा गर्ने समेतलाई समस्या हुने गरेको छ।

तिहारको टीका थापेर लयाटी बाट घर फर्किने क्रममा रहेका रामारोशन गाउपालिकाका जय बहादुर साउदले पहिलेकै सोचमा बाइक यात्रा गरेर साबिक बिनायक को ५ न वडाको सात्दोबाटो को यात्रा तय गर्नुभयो तर उहाँ गन्तव्य स्थल सम्म पुग्न सक्नु भएन किनकी बाइक गुडने सडकमा गहु र अन्नपात लगाएर बाटो बन्द थियो उहाले भन्नुभयो”कस्तो अचम्म मोटर बाटोमै अन्नपात अनि यताको नगरपालिका चाहिँ के हेरेर बसेको होला”।अब फेरि टर्निङ गराएर उतै फर्किन्छु।

सडकको यस्तो हालत हुदा सम्म किन जिम्मेवार पक्ष ले कानमा तेल थापेर सुतेको होला आम नगरबासिले प्रश्नबाचक चिन्ह खडा गरेका छन।

साथै, यसै बिषयमा हामिले पञ्चदेवल विनायक नगरपालिका वडा न:३ का वडा अध्यक्ष सुरेन्द्र कुमार शाही सङ्ग यति लामो समय बित्दा पनि वडाका सडक हरु किन सञ्चालनमा आउन सकेनन भनेर सोधेको प्रश्नमा उहाले”सडक मर्मत गर्ने भनेर तयारीमा राखेको नगरको डोजर बिग्रेकाले उक्त डोजर बन्न केही समय लाग्ने र डोजर सञ्चालनमा आउने बित्तिकै सडकको सरसफाइ गरिने र बिच सडकमै ढुङ्गा र अन्नपात लगाउने जो कोहिलाइ कानुनी कार्बाही गरिने” पनि प्रष्ट पारे।

यसैबीच,पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख देबराज देबकोटाले ” बर्षातले बिगृएका सडकहरु अबको २-३ दिनमै सञ्चालनमा आउने गरि काम भैरहेको बताए।हाल सडक सञ्चालन को लागि भाडामा डोजरलाइ काम दिएर नगरको वडा न: ७ पुल्लेतोला बाट डोजर द्वारा काम भैरहेको बताउनुभयो।साथै उहाले अन्नपात बिच सडकमै लगाएर महानताको सिढी चढ्नु उत्तम नहुने पनि प्रष्ट पारे।सडक सार्बजनिक सम्पत्ति मा गणक हुने हुनाले बिच सडकमा अन्नपात भन्दा पनि सुनकै बिजारोपण गरे पनि त्यस्लाइ उखेलेर फालिने प्रष्ट पारे।साथै उहाले डोजरले सरसफाइ र सडकको मर्मत गर्दाको बखत कामलाई रोक छेक गर्न खोजेमा निजलाइ कार्बाहिको प्रक्रिया अगाडि बढाइने पनि उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button