बारामा बाल्टीमा राखिएको पानीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

कञ्चन आवाज
१९ असोज २०७८

बाल्टीमा राखिएको पानीमा डुबेर बाराको कलैयामा दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका–२० बसतपुर टोल निवासी मैनोदिन मियाँकी दुई वर्षीया छोरी आयशा खातुनको बाल्टीमा डुबेर मृत्यु भएको हो । बाल्टीको पानीमा डुबेको अवस्थामा आमाले देखेर उद्धार गरेकी थिइन् ।

बालिकालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । मृत बालिकाको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button