नेपालगञ्ज उडान भर्नको लागि तयार रहेको श्रीएर को विमान ठूलो दुर्घटना बाट जोगियो

कञ्चन आवाज
१९असोज २०७८

त्रिभुवन विमानस्थलमा श्रीएयरको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । यात्रुसहितको विमान नेपालगञ्ज जानका लागि पार्किङ एरियाबाट रनवेतर्फ जाँदै थियो ।

त्यतिबेलै पछाडिको बायाँ चक्का झर्दा चिप्लिएर घाँसमा पुगेको त्रिभुवन विमानस्थलका प्रहरी सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

अहिले त्यहाँ रहेका यात्रुहरूलाई अर्को विमानमार्फत गन्तव्यस्थलतर्फ पठाउने तयारी भइरहेको छ । कति यात्रु थिए भन्ने खुलेको छैन ।

सो विमानलाई अहिले मर्मतका लागि ह्यांगिङ एरियामा लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button