पञ्चदेवल आधारभूत बिधालयको १२ औं अभिभावक भेला सम्पन्न,गरिए यस्ता निर्णय

  •       सुनिल अधिकारी,अछाम।
  •             ३ असोज,२०७८

अछामजिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा न:३ स्थित पञ्चदेवल आधारभूत बिधालय को १२ औ अभिभावक भेला सम्पन्न भएको छ।

द्वारिका प्रसाद अधिकारीको अध्यक्षतामा बसेको भेलाका प्रमुख अतिथी नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष नन्द बहादुर कडायत रहनुभएको थियो भने बिशिस्ट अतिथी नेपाल तरुण दलका पुर्ब जिल्ला अध्यक्ष युवराज बजगाइ रहनुभएको थियो।

यस्तै,अन्य अतिथिहरुमा पञ्चदेवल विनायक नगरपालिका वडा न:३ का वडा सदस्य मदनराज अधिकारी,पञ्चदेवल विनायक नगरपालिकाका रोजगार संयोजक भरत राज अधिकारी,पञ्चदेवल क्याम्पसका क्याम्पस प्रमुख बिनिता कुमारी अधिकारी,नेपाली काङ्ग्रेस वडा न:३ का वडा सभापति पर्सुराम अधिकारी,कञ्चन आवाज डटकम का प्रकाशक एबम ब्यवस्थापक सुनिल अधिकारी,समाजसेवी एबम बुद्धिजिवि क्षेत्रराज अधिकारी लगायत बिद्यार्थी अभिभावकको उल्लेखनिय सहभागिता रहेको थियो।

साथै उक्त अभिभावक भेलामा बिधालयका प्रधानाध्यापक द्रोपती अधिकारिले आ.ब.२०७६/७७ को १२,४१,७५०बराबरको बार्शिक आय ब्यय पनि प्रस्तुत गर्नुभएको थियो।

प्रमुख अतिथिको आसन बाट बोल्दै नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष नन्द बहादुर कडायतले यस बिधालयको सकारात्मक र रचनात्मक कार्यको लागि आफू कटिबद्ध लागिरहने र आफू बाट गर्न सकिने कामको लागि पछि नपर्ने प्रस्ट पारे।

यसैबीच पटकपटक विभिन्न फोहोरी राजानितिले बिधालयको शैक्षिक अवस्था एबम अन्य भौतिक संरचनालाई केही ब्याक्तीले दुर्गन्धित बनाएको भन्दै अबको दिनमा पञ्चदेवल आधारभूत बिधालयलाइ राजनीति मुक्त गर्न नयाँ किसिमको जोस र जागरका साथ बिधालयललाई नयाँ आयाम दिनुपर्नेमा अभिभावक हरुको जोड रहेको थियो।

बि.स.२०५८ सालमा स्थापित भएको उक्त बिधालय यतिखेर विभिन्न समस्याको चपेटामा परेको छ।बिधालयमा खानेपानीको समस्या,सरसफाइ को कमि,आवश्यक शिक्षकको समस्या टड्कारो रूपमा देखा परेको छ।

यसैबीच उक्त बिधालयको स्तोरोन्नतिको लागि नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष नन्द बहादुर कडायतले बार्शिक रूपमा रु ६००० सहयोग गर्ने त्यसैगरि नेपाली काङ्ग्रेस वडा न:३ का वडा सभापति पर्शुराम अधिकारीले मासिक रुपमा रु १००० सहयोग गर्ने,अम्बिका माबिका शिक्षक एबम यसै बिधालयका अभिभावक तिलकराज अधिकारीले मासिक रुपमा रु ५०० आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभयो।

साथै आजकै भेलाले असोज १८ गते नयाँ बिधालय ब्यबस्थापन समिती गठन गर्ने र नयाँ शिक्षकको लागि आवश्यक कुरा अगाडी बढाउने पनि खबरमा उल्लेख गरिएको छ।

वडा न:३ का वडा सदस्य मदनराज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बिधालयकी शिक्षिका पार्बती बजगाइले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button