पाँच दलीय गठबन्धनको सरकार फ्रिजबाट निकालिएको आइसको डल्लोजस्तो हो-एमाले अध्यक्ष ओलि

कञ्चन आवाज
२ असोज २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनको सरकार फ्रिजबाट निकालिएको आइसको डल्लोजस्तो भएको बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनको आठौं केन्द्रीय बैठक र राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले सरकार अन्यायपूर्ण र दमनकारी ढंगले उत्रन थालेको आरोप लगाए ।

आगामी १४ महिनामा निर्वाचन हुने र त्यसपछि अहिले सरकारमा रहेका दलहरू बिलाएर जाने ओलीले बताए । ‘१४ महिनामा चुनाव हुन्छ, १५ महिनामा सरकार बन्छ । त्यतिबेला यिनीहरू बिलाएर जान्छन् । फ्रिजबाट निकाले आइसका डल्ला जस्ता हुन् यिनीहरू । बाहिर राख्दिएपछि कहाँ बिलाउँछ पत्तै हुँदैन,’ ओलीले भने ।

सत्तारूढ गठबन्धनमा भएका दलहरू अवैध ढंगले आएको भन्दै ओलीले निर्वाचन आयोग र सभामुखले तमासा देखाएको बताए ।

‘कोही अवैध ढंगले दर्ता भएका छन् । निर्वाचन आयोग तमासा गर्छ । सभामुख तमासा गर्छन् । यो सरकार, विचित्र, संवैधानिक ढंगले आएको होइन,’ ओलीले भने, ‘संसदबाट प्रधानमन्त्री छानिएन, रीत पूरा हुने ठाउँबाट आएको होइन । अस्वाभाविक ढंगले अस्वाभाविक उद्देश्यका लागि बनेको सरकार हो ।’

गठबन्धन सरकार चुनावबाट डराएका उनले आरोप लगाए । ‘चुनाव भनेपछि प्रतिगमन भनेर कराएको देख्नुभयो ? कस्तो शासन खोजेका छन् यी तानाशाहहरूले । १४ महिनापछि त चुनाव गर्नु नै छ । त्यसबेला त प्रतिगमनमा जानै पर्ने होला नि ?,’ ओलीले भने ।

नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध भएका कर्मचारीले घूस लिन्नँ र घूस खान दिन्नँ भन्न सक्नुपर्ने ओलीले बताए । ‘तपाईंहरूले घुस लिन्नँ र घुस खान दिन्नँ भन्न सक्नुपर्छ । सरकारका अवैध कामलाई रोक्न पनि तपाईंहरूको भूमिका हुन्छ । यस बीचमा तपाईंहरूलाई दुःख दिन पनि सक्छन् । तर, निर्वाचनपछि त्यस्तो अवस्था रहँदैन,’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button