पार्टीको वडा अधिबेशनको अवलोकन गर्न सभापति देउवा भक्तपुर प्रस्थान

कञ्चन आवाज
१८ भाद्र २०७८

भक्तपुर :पार्टीको वडा अधिवेशनको अवलोकन गर्न नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भक्तपुर गएका छन्।

देशभरका ५६ जिल्लामा शुक्रबार एक साथ नेपाली कांग्रेसको वडा अधिवेशन सुरु हुँदैछ। प्रधानमन्त्री देउवा अधिवेशनको उद्घाटन गर्न सूर्य विनायक नगरपालिका पुगेका हुन्।

भक्तपुरका वडामा शुक्रबार अधिवेश सुरु भए पनि सर्वसम्मति नभएका ठाउँमा भदौ २१ गते चुनाव हुनेछ। आउँदो मंसिर ९ देखि १३ गतेसम्म हुने महाधिवेशनका लागि कांग्रेसले शुक्रबारदेखि वडा अधिवेशन सुरु गर्न लागेको हो। वडाबाट सभापतिसहित क्षेत्रीय प्रतिनिधि चुनिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button