बाकेका जानकी गाउपालिका अध्यक्ष यादवको निधन

कञ्चन आवाज
१२ भाद्र २०७८

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ ।

शुक्रवार राति एक्कासि बिरामी भएका ६१ वर्षीय अध्यक्ष यादवको नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएको हो ।

रगतको प्रेसर घटेपछि शुक्रवार साँझ ६ बजे अस्पताल पुगेका उनको राति १ निधन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए ।

उनको गत वर्ष पत्थरीको अपरेसन गरिएको थियो । ‘प्रेसर लो’ भएपछि २ दिन अगाडि रगत चढाइएको थियो ।

‘शुक्रवार अचानक असहज भएपछि अस्पताल लगिएको थियो । त्यहीँ उहाँको निधन भयो,’ रानाले भने ।

२०७४ सालको स्थानीय निर्वाचनमा यादवले एमालेबाट जानकी गाउँपालिकाको अध्यक्षमा चुनाव जितेका थिए । यादव वडा नम्बर ६ कोठारपुरका स्थानीय बासिन्दा हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button