एमाले वरिष्ठ नेता नेपाल समूहको स्थायी कमिटी बैठक जारी

कञ्चन आवाज
१८ साउन २०७८

नेकपा एमाले वरिष्ठ नेता नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ । वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक शुरु भएको हो ।

एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल गर्न बैठक शुरु भएको बताइएको छ । गएको २७ जेठमा दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको छैन ।

अध्यक्ष केपी शर्मा ओलीतर्फको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार तीन बजे बैठक बोलाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button