गत जेठ ८ यता गरेका सबै नियुक्ति वर्तमान सरकारले खारेज गर्ने

कञ्चन आवाज
५ साउन २०७८

पूर्ववर्ती सरकारले गत जेठ ८ यता गरेका सबै नियुक्ति वर्तमान सरकारले खारेज गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको भेटमा यस विषयमा सहमति जुटेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते संघीय संसदको प्रतिनिधि सभा दोस्रो पटक विघटन सिफारिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको मिति घोषणा गर्न लगाएका थिए ।

ओलीले गरेको संसद् विघटनको सिफारिस सर्वोच्च अदालतले बदर गरेर नयाँ सरकार बनिसकेको अवस्थामा संसद् नहुँदाको बेलामा भएका नियुक्ति खारेज गर्न देउवा र दाहाल सहमत भएका हुन् ।

यस विषयमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसँग पनि दाहालले छलफल गरिसकेका छन् ।

संसद् विघटन भएपछि ओली सरकारले विभिन्न पदमा करीब तीन दर्जन नियुक्ति गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button