बिनायक ३ को तिन महिने कम्प्युटर कोर्स तालिमको समापन कार्यक्रम सम्पन्न (फोटोफिचर सहित),

  •         सुनिल अधिकारी,अछाम
  •            २३ असार २०७८

अछाम-जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा न:३ को युवा लक्षित कार्यक्रम अन्तर्गत तीन महिने बेसिक कम्प्युटर कोर्स तालिमको समापन कार्यक्रम आज सम्पन्न भएको छ।

फोटोफिचर :१

आर्थिक बर्ष २०७७/७८ को बार्शिक स्वीकृत कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको पञ्चदेवल विनायक नगरपालिका वडा न:३ का वडा अध्यक्ष सुरेन्द्र कुमार शाहिले बताए

फोटोफिचर :२

उक्त समापान कार्यक्रमको अध्यक्षता वडा न:३ का वडा अध्यक्ष सुरेन्द्र कुमार शाहीले गर्नुभएको थियो कार्यक्रमका प्रमुख अतिथी पञ्चदेवल विनायक नगरपालिकाका उपप्रमुख एबम न्यायिक समिती संयोजक अम्बिका कुमारी चलाउने र बिशिस्ट अतिथी पञ्चदेवल विनायक नगरपालिकाका निमित्त प्रमुख प्रशाशकिय अधिकृत पदम बहादुर माझी रहनु भएको थियो।

फोटोफिचर :३

यस्तै ,अन्य अतिथिहरुमा नेपाल कम्युनिस्ट पार्टी(एमाले)का जिल्ला कमिटी उपाध्यक्ष नन्द बहादुर कडायत, कृषि शाखा प्रमुख महाजित बिक,कञ्चन आवाज डटकम का प्रकाशक एबम सञ्चालक सुनिल अधिकारी,रेडियो परिवर्तनका स्टेशन म्यानेजर महेश प्रसाद रिमाल,नगरपालिकाका लेखापाल धुर्ब खत्री,पञ्चदेवल टेक्निकल कलेजका ब्यबस्थापक जीवन कुमार ओलि लगायत करिब ६० जना बिद्यार्थीको उपस्थिति रहेको थियो।

फोटोफिचर:४

प्रमुख अतिथी को आसन बाट बोल्नुहुदै उपप्रमुख अम्बिका चलाउनेले”आधुनिक युगमा कम्प्युटरको योगदान महत्त्वपूर्ण र आवस्यकताको बिषय बनेकोले मानव जिवनलाइ आत्मनिर्भर र व्यावसायिक बनाउनको लागि कम्प्युटरको तालिम वडा कार्यालय बाट सञ्चालन गरिनु खुसिको कुरा भएको र  आगामी दिनमा फेरि वडाले यस्तै किसिमका तालिम सञ्चालन गरिदै लानुपर्ने र यस्ता तालीम सञ्चालन गराउनको लागि आफू पनि प्रतिबद्ध रहेको र आफुबाट गर्न सकिने काम गर्न तयार रहेको उल्लेख गर्नुभयो।मानव जीवन २१ औ शताब्दीमा अल्छी र निष्क्रिय रहेको समयमा प्रबिधि र सञ्चार ले त्यस्ता कामलाई सहज,सरल र पारदर्शी बनाउने भएकोले समयको बचत,कम लगानिमै छोटो समयमा प्रतिफल दिन सक्ने यन्त्र भएकोले विद्यार्थी जिवनमा अरु उमेर समुहका भन्दा बढी आवस्यकता र रुचिएको बिषय रहेको पनि प्रष्ट पार्नुभयो।तालिमको समयमा सिकेको कुरालाई खेर नफाली ब्यबहारमा पनि लागू गर्न उपप्रमुख चलाउनेले सुझाव दिनुभयो।”

यस्तै बिशिस्ट अतिथी पञ्चदेवल बिनायक नगरपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत पदम बहादुर माझिले पनि”वडा कार्यालय गरेको कामको प्रसंशा गर्दै आगामी दिनमा पनि यस्ता लोकप्रिय कार्यक्रम सन्चालन गर्दै जानुपर्नेमा जोड दिनुभयो।”

कार्यक्रममा बोल्ने अधिकाङ्स बक्ताहरुले”प्राबिधिक एबम ब्यबसायिक ज्ञान अभिवृद्धि गराउनको लागि वडा कार्यालयले आगामी दिनहरूमा स्तोरोन्नतिको लागि कम्प्युटरको  डिप्लोमा र एडभान्स सम्मको तालिम सञ्चालन गरिदिन आग्रह गर्नुभयो।”

साथै पञ्चदेवल विनायक नगरपालिका वडा न:३ एक पछि अर्को नमुनायोग्य कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।

युवा लक्षित कार्यक्रम अन्तर्गत पञ्चदेवल विनायक नगरपालिका वडा न:३ ले ६० जना विद्यार्थीका लागी रु २ लाख बिनियोजित गरेको थियो भने तालिमको लागि पञ्चदेवल टेक्निकल कलेजले प्रशिक्षण गराएको थियो।

फोटोफिचर:५

उक्त समापन कार्यक्रममा लक्ष्मी कडायतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यार्थी चन्द्रा कुमारी तिमिल्सैना ले गर्नुभएको थियो भने कार्यक्रमको समापन वडा न:३ का वडा अध्यक्ष सुरेन्द्र कुमार शाहिले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button