आज देशभर थप २ हजार ४२१ जनामा कोरोना पुष्टि,८१ जनाको मृत्यु

कञ्चन आवाज,अछाम।
९ असार २०७८

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोरोना संक्रमणको अद्यावधिक विवरण सार्वजनिक गर्दै १२ हजार ४१४ जनामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि पीसीआरबाट १ हजार ५११ जना र एन्टिजेनबाट ९१० जनामा पुष्टि भएको छ ।

कोरोना परीक्षण गरेकामध्ये १९.५% मा संक्रमण पुष्टि भएको प्रवक्ता पौडेलले बताए ।

राजधानी काठमाडौं उपत्यकामा थप ४९७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा ३४६, ललितपुरमा ९३ र भक्तपुरमा ५७ जनामा पुष्टि भएको छ ।

बुधवार देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ । जसमध्ये होम आइसोलेसनमा ४७ हजार २८६ जना र संस्थागत आइसोलेसनमा ३ हजा २३४ जना रहेका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना संक्रमण मुक्त भएका छन् भने कोरोनाले थप ८१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button