बिश्वकप छ्नोट अन्तर्गत नेपालको उत्कृष्ट प्रदर्शन,चाइनिज ताइपे २-० गोल अन्तरले पराजित

कञ्चन आवाज
२० जेठ २०७८

विश्वकप तथा एएफसी एसियन कपको छनोट अन्तर्गत चाइनिज ताइपेइविरुद्धको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार राति सम्पन्न खेलमा नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो ।

खेलमा पहिलो गोल नेपालका लागि तेस्रो मिनेटमै अञ्जन विष्टले गरेका थिए । मिडफिल्डर सन्तोष तामाङले प्रहार गरेको फ्रिकिकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टी एरियामा ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । सोही अवसरलाई अञ्जनले गोलमा परिणत गरेका हुन् ।

त्यसपछि चाइनिज ताइपेइ खेलमा फर्किने प्रयास गर्दागर्दै नेपालका नवयुग श्रेष्ठले फेरि खेलको ८१ औं मिनेटमा अर्को गोल गरे। त्यसपछि दुबै टोलीबाट गोल हुन नसकेपछि नेपाल विजयी भयो ।
नेपालले अर्को खेल आगामी जेठ २४ गते जोर्डनसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button