पञ्चदेवल घर भएकी तारा देवकोटा ले गरिन छोरो बचाइ दिन सम्पूर्णमा अपिल

  •              सुनिल अधिकारी
  •              १९ जेठ २०७८
    .

अछाम-जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा न:१ कुइका घर भएकी तारा देवकोटाले आफ्नो छोरो बचाइ दिन सम्पुर्णमा अपिल गरेकी छन।

२ साता अगाडी उहाले जिल्ला अस्पताल अछाममा छोराको जन्म दिएकी थिइन तर उक्त बच्चा जन्मेकै दिन देखि शारीरिक रुपमा अस्वस्थ र बिरामी परेकोले तत्पश्चात देवकोटा को छोरालाई जिल्ला अस्पताल अछामले ४ दिन सम्म उपचार गर्दा पनि स्वास्थ्यमा कुनै सुधार नहुदा जिल्ला अस्पताल अछाम ले अब हामी उक्त बच्चा को उपचार गर्न सक्दैनौ र थप स्वास्थ्य अवस्था बिग्रन नदिनको लागि नेपालगन्ज स्थित शिक्षण अस्पताल(नर्सिङ होममा ) पठाउन सिफारिस गरेको थियो।

जिल्ला अस्पताल अछामको सिफारिस अनुसार हाल उहाको छोराको नेपालगन्जको शिक्षण अस्पतालमा NICU कक्ष मा भेण्टिलेटरमा राखेर उपचार भैरहेको छ।

एकातिर छोराको स्वास्थ्य अवस्था बिग्रदै गइरहेको छ भने अर्कोतिर छोरालाई उपचारमा लाग्ने खर्च जुटाउन  आफुलाइ निकै गार्हो परेको बच्चाकि आमा तारा देबि देवकोटाले कञ्चन आवाजलाई जानकारी दिनुभयो ।

म छोरालाई बचाउन चाहन्छु तर आर्थिक अभावका कारण मैले छोरा गुमाउने अवस्थामा पुगेकी छु,गाउबाट ऋण र सरसापट गरेर लगेको रुपैयाँ उपचारमै सकियो अझै छोरालाई बचाउनको लागि ३/४ लाख रुपैया आवश्यक पर्ने चिकित्सकले बताएको कुरा देवकोटा “ले बताइन।

आफू अहिले रकम जुटाउनको लागि दिन रात नभनी लागिपरेकी छु तर कतैबाट रकम जुट्न सकिनरहेको अवस्थामा कञ्चन आवाज मार्फत सम्पूर्ण देश तथा बिदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरु सङ्ग सहयोगको लागि अपेक्षा गरेकी छु उहाले भन्नुभयो।

साथै उहाले सहयोग को लागि सम्पर्क नम्बर ९८४८४०२५७९/९८६८२१७०९९ वा सिधै ९८६८२१७०९९ मा इसेवा आइडिमा सहयोग रकम जम्मा गरिदिन अनुरोध गर्नुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button