भारतमा काेराेना संक्रमणका कारण एकैदिन मृत्यु हुनेकाे संख्या अहिलेसम्मकै उच्च

  •    कञ्चन आवाज
  •    ५ जेठ २०७८

कोरोना भाइरस महामारीको दोस्रो लहरबाट अति प्रभावित भएको भारतमा एकै दिन अहिलेसम्मकै धेरैको कोभिड–१९ का कारण ज्यान गएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट चार हजार ५२९ जनाको ज्यान गएको छ। महामारी सुरु भएयता भारतमा एकै दिन पहिलोपटक यति धेरैको संख्यामा कोभिड–१९ का कारण मानिसको मृत्यु भएको हो।

संक्रमितको संख्या भने केही कम देखिएको छ विगतका दिनको तुलनामा । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६७ हजार ३३४ जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा कुल संक्रमितको संख्या दुई करोड ५४ लाख ९६ हजार भन्दा बढि र मृत्यु हुनेको संख्या दुई लाख ८३ हजार २४८ पुगेको छ।
हाल सक्रिय संक्रमितको संख्या ३२ लाख २६ हजार सात सय भन्दा धेरै छ।

अहिलेसम्म भारतमा १८ करोड ५८ लाख ९ हजार भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button