प्रधानमन्त्री ओलिको सपथको विषयलाई लिएर परेको रिटमाथी आज सुनुवाइ हुदै

  • कञ्चन आवाज
  • ४ जेठ,२०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रवार लिएको शपथको विषयलाई लिएर परेको रिटमाथि मंगलवार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा पेशी तोकिएको छ ।

शपथका क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द छुटाएर संविधानको उल्लघंन गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेका थिए ।

बरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र वली लगायतले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

रिटमा सांसद सदस्य नरहेका ७ मन्त्रीलाई काम गर्न रोक्न माग दावी गरिएको छ । माओवादी छाडेर एमाले प्रवेश गरेका ७ जना गैर सांसद मन्त्रीले दोस्रो पटक शपथ लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button